Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेप्से बढ्यो की घट्यो?

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

कात्तिक ७, काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से घटेर बन्द भएको छ । बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा बन्द भएको हो ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। यसदिन १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबारबाट ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

यसदिन आइसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ ।

यसदिन आइसिएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमा व्यापार र फाइनान्स बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ

आज १.७० प्रतिशतले बैंकिंग उपसमूह घटेको छ।

  • न्युज बहार संवाददाता

थप