असोज २२,
काठमाडौँ । मंगलबार
नेप्से परिसूचक घटेको छ।
यस दिन नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा झरेको
छ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि घटेको छ। बजारमा यस दिन ३०० स्टकको ४५ हजार ८७० पटकको कारोबारमा ४ अर्ब ५९
करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
आज दिन मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट
लेभलमा कारोबार भएको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस दिन
सर्वाधिक ८.५० प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त इन्स्योरेन्सको यस दिन २७
करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर
रहेको छ।
यस दिन सर्वाधिक २.७६
प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता