Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कति आवेदकले पाए शेयर?

  •   १ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ ।  आज मंगलबार बिहान क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा सो बाँडफाँट भएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि गत फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि कम्पनीको आईपीओमा आवेदन गरेका थिए। जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । गोलाप्रथा प्रक्रिया अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

 

  • न्युज बहार संवाददाता

थप