Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ, कति दिने आवेदन ?

  •   ३ वर्ष अघि | १५ भदौ २०८०, शुक्रबार

भदौ १५, काठमाडौँ । आजदेखि सिटिजन लाइफ इन्स्योरेन्सले  देखि प्रिमियममा आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सले सर्वसाधारण लगानीकर्तालेका लागि ९० लाख कित्ता शेयर निष्काशन गरेको हो।

लगानीकर्ताहरुले इन्स्योरेन्सको आईपीओमा भर्दौ १९ गतेसम्म आवेदन दिन सक्नेछन भने इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखी  अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

इक्रा नेपालले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने गर्दछ।

एनआइएमबि एस क्यापिटल लिमिटेड इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप