Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट, यसरी हेर्नुस नतिजा

  •   १० महिना अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । आज बिहीबार बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड को कार्यालयमा बिहान बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो।

बुङ्गल हाइड्रोले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख १ हजार ५०० कित्ता शेयर, जसको कुल मूल्य १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ, सार्वजनिक रुपमा निष्काशन गरेको थियो।

उक्त आईपीओमा २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये ३२ हजार ६३८ आवेदन अमान्य भई रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकार गरिएको हो।

आईपीओमा माग धेरै परेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। यस अनुसार १ लाख ७० हजार १५० जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर पाएका छन्। आईपीओको नतिजा  https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

  • न्युज बहार संवाददाता

थप