Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्से र कारोबार रकम दुबै घट्दो क्रममा

  •   २ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । नेप्से परिसूचक साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ । गएको बुधबारदेखि ओरालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज आइतबार नेप्से परिसूचक १०.६२ अंक(०.५१ प्रतिशत)ले घटेर २०७०.२५ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३०४ वटा शेयरको ६३ हजार ९ पटकको कारोबारमा ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन नेप्से घट्दा पनि सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर  भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सर्वाधिक ७.८३ प्रतिशतले विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ ।

आज उत्पादन तथा प्रशोधन विकास बैंकवित्त उपसमूहको परिसूचक सामान्य बढेको हो। सर्वाधिक १.५६ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ । 

  • न्युज बहार संवाददाता

थप