भदौ १८, काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो ।
यस कम्पनिको शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ थियो भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।
आईपीओ बाँडफाँटको नतिजा केही समयमा सिडिएससीको वेवसाइट, बिक्री प्रबन्धक र भगवती हाइड्रोपावरको वेवसाइटबाट हेर्न सकिने छ
।
- न्युज बहार संवाददाता