असोज १, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक बढ्ने प्रयासमा देखिएको छ।
सोमबार नेप्से परिसूचक ४.२६ अंक (०.२१ प्रतिशत)ले बढेर १९६९.१८ विन्दुमा पुगेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज तिज परेकाले पनि कारोबार रकममा प्रभाव परेको हो ।
यस दिन २७१ वटा धितोपत्रको २८ लाख ७४ हजार कित्ता सेयर किनबेचबाट ८७ करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन एक सय ६९ कम्पनीको मूल्य बढेको छ भने ७८ वटाको मूल्यमा गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये जलविद्युत समूहमा सबैभन्दा धेरै एक प्रतिशतको वृद्धि आएको छ।
- न्युज बहार संवाददाता