Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

करिब २९ महिनापछि सेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु माथी

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । करिब २९ महिनापछि सेयर बजार परिसुचक नेप्से २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । नेप्से परिसूचक बिगत लामो लामो समयदेखि ‘बियरिस ट्रेन्ड’मा रहेकोमा आज मंगलबार २५ सय अङ्कको बिन्दु पार गरेको हो ।

नेप्सेले यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दु पार गरेको थियो । त्यसयता नेप्से निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म आइपुगेको थियो ।

आज यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४७. ५५ अंकले बढेर २५३५.६४ अङ्कमा पुगेको छ । यो १.९१ प्रतिशतको वृद्धि हो । आज यतिबेला सम्म कारोबारमा आएका १३ वटै उपसमुहमा हरियाली छाएको छ ।

 

  • न्युज बहार संवाददाता

थप