असोज ९, काठमाडौँ । हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीलाई लक्षित गरेर नेपाल धितोपत्र बोर्डले कसिलो नीति लिएको छ ।
हाइड्रोपावर कम्पनीको आईपीओ निष्कासनदेखि हकप्रद निष्कासन र संस्थापक सेयरधनीलाई ‘लकइन’ खुलेपछि पनि व्यवसायिक उत्पादन नगर्दासम्म सेयर बिक्री गर्न नपाउने गरी कसिलो नीति बोर्डले लिने भएको हो ।
यसको अर्थ जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीले ‘लकइन’ अवधि सकिएको भएपनी उक्त जलविद्युत् कम्पनीले व्यावसायिक उत्पादन सुरु नगरी सेयर बिक्री गरी बाहिरिन नपाउने व्यवस्था धितोपत्र बोर्डले गर्ने भएको हो ।
जलविद्युत् कम्पनीका संस्थापकहरुको ‘लकइन’ अवधि सकिएपछि सेयर बिक्री गरेर संस्थापकबाट बाहिंरदा आयोजना नै अन्योलमा पर्ने अवस्था आएकोले आयोजना पूरा नहुँदासम्म संस्थाकको सेयर बिक्रीमा रोक लगाउनका लागी बोर्डले यो नीति लिन लागेको हो ।
- न्युज बहार संवाददाता