Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केही दिनको बृद्धी पछी नेप्सेमा सामान्य गिरावट

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक सामान्य अंकको घटेको छ ।

यसदिन नेप्से परिसूचक ८.१८ अंक(०.२७ प्रतिशत) ले घटेर २९२३.४६ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि केही घटेको छ । बजारमा यस दिन ३३२ स्टकको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड २७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको आज ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज करोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक १.५७ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ। 

  • न्युज बहार संवाददाता

थप