पुस १८, काठमाडौँ । बुधबार नेप्से बृद्धि भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज बढेर बन्द भएको हो।
बुधबार नेप्से परिसूचक २७.९० अंक(१.३७ प्रतिशत) बढेर २०५८.०० विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बृद्धी भएको
छ। यस दिन ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ
बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।
आज ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, भगवती हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सोनापुर मिनरल्स लगायत कम्पनिको शेयरमूल्य १० प्रतिशत बढेको छ भने यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१० प्रतिशत घटेको छ।
आज सोनापुर मिनरल्सको सर्वाधीक कारोबार भएको छ ।
यस दिन १३ उपसमूहमध्ये सर्वाधिक ३.०८ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढ्दा विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक लगभग १ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता