भदौं
२, काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको
छ।
आइतबार नेप्से परिसूचक
३४.४७ अंक(१.१४ प्रतिशत)ले घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार बजारमा यस दिन ३३० स्टकको ३
लाख ९१८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५४ लाख ७५
हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ३४ अंकले घट्दा
पनि यस दिन ४ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्रिय
बीमा कम्पनी लगायत अन्य तिन कम्पनिको शेयर सकारात्मक सर्किट
लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक
१० प्रतिशतले घटेको छ।
आइतबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स
शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । आज म्युचुअल
फण्ड, बैंकिङ्ग, जीवन बीमा र
निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ भने सर्वाधिक ४.४९ प्रतिशतले होटल
तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता