असार २१, काठमाडौँ । नेपालका खगोलविदहरुले आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने बताएका छन् । यस्तो हुँदा उत्तरी ध्रुवमा दिन रात छोटो, दिन लामो र बढी गर्मी हुने गर्दछ ।
दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत देशमा नेपालको विपरित रात लामो, दिन छोटो र बढी चिसो हुने जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको छ ।
पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष) अण्डाकार छ । जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताएका छन। यस्तो अवस्थालाई यसलाई सूर्यदुरुस्थ भन्ने गरिन्छ।
- न्युज बहार संवाददाता