चैत
१९, काठमाडौँ । आज देशभर थप ३८
जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
जनाएको छ। पछिल्लो २४ घण्टामा ७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७
तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
यही
२४ घण्टाको अवधिमा १४ जना सङ्क्रमणमुक्त भएका छन भने यो संख्या सँगै देशभर पीसीआर
विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ ।
स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको
खोप लगाएको जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता