साउन २०, चितवन । मनाकामना अस्पतालमा उपचारको
क्रममा विरामीको मृत्यु भएको छ । तीन महिने गर्भवती महिलाको उपचारको क्रममा मृत्यु
भएपछी चितवन भरतपुरस्थित मनकामना अस्पतालमा तनाव सृजना भएको छ।
भरतपुर महानगरपालिका वडा नं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका छन ।
नविना तिन महिनाको गर्भवती भएको र रक्तश्राव भएका कारण उपचार गराउन मनकामना अस्पताल गएकी थिइन।अहिले उनको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरी अस्पतालको गेटमा ताला लगाएका छन ।
- न्युज बहार संवाददाता