मंसिर
१२, काठमाडौँ । चिया हाम्रो मन पर्ने पेय हो । जुन सुकै उमेर समुहको मानिस भएपनि
चिया सबैको प्रिय छ । गर्मी समयमा चिया नपिउने हामीहरु जाडो लागेसँगै दिनमा २ देखि ५ क सम्म चिया पिउँछौँ । हाम्रो बानी नै छ
बिहान उठ्ने बित्तिकै वा ओछ्यानमै चिया पिएर मात्र उठ्ने । के यो सही हो त ? यो
बानीले हाम्रो शरिरलाई फाइदा गर्छ त ?
बिहान
उठ्ने बित्तिकै खाली पेटमा चिया पिउनाले हाम्रो शरिरलाई फाइदा गर्दैन । हामीले कहिल्यै
पनि खाली पेटमा चिया पिउनु हुँदैन । चिया र स्वास्थ्यसँग सम्बन्धित अध्ययन अनुसार खाली
पेटमा चिया पिउँदा एसिडिटी बढ्न सक्छ जसले क्यान्सर सम्मको रोग लाग्ने सम्भावना
हुन्छ । बिहान उठेर चिया खानु अघि केही न केही खानु पर्छ र चियासँग पनि केही
खानेकुरा खानुपर्छ । हामी कतिपयको बानि हुन्छ दिनभरमा ३ देखि ५ कप सम्म चिया पिउने
तर चिया धेरै खाँदा हाम्रो उमेर पनि कम हुँदै जान्छ ।
त्यस्तै
हामीले काना खाइसकेपछी पनि चिया खानु हुँदैन । यस्तो गर्नु शरिरको लागि हानिकारक
हुन्छ ।
- न्युज बहार संवाददाता