Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखी शनिबारसम्म काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

पुस ४, काठमाडौँ । फरकफरक दिन केही घण्टा काठमाडौँका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकोले त्यस क्षेत्रमा केही दिन ४ घण्टा विद्युत सेवा बन्द हुने भएको जानकारी नेपाल विद्युत प्राधिकरणले गराएको छ ।

चपली तथा बूढानीलकण्ठमा आज बुधबार, गोङ्गबु बसपार्कमा बिहीबार, चपली तथा हात्तीगौंडामा शुक्रबार र चपली, बूढानीलकण्ठ तथा पासीकोटमा शनिबार विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध हुने छैन ।

  • न्युज बहार संवाददाता

थप