असार २, मस्को । बेलारुसमा आणविक हतियारहरु पुगेको छ। रुसी आणविक हतियारहरु र
बमको पहिलो खेप बोकेका क्षेप्यास्त्र बेलारुस पुगेको हो।
भ्लादिमिर पुटिनले अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताएका
छन। रुसी राष्ट्रपतिले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका
थिए ।
रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू
तैनाथ गरिरहेको एजेन्सिहरुले उल्लेख गरेका छन।
- न्युज बहार संवाददाता