Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रूसी सेनामा कार्यरत तिन नेपालीको मृत्यु

  •   ३ वर्ष अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३, काठमाडौँ । गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई रूसको मस्कोस्थित नेपाली दूतावासले पत्राचार गरेर तीन नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । पत्रमा उल्लेख भए अनुसार उनीहरू रूसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको हो।

मृत्यु हुने नेपालीहरुमा दोलखा, मेलुङ गाउँपालिका–६ का राजकुमार रोक्का, स्याङ्जा, पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, र इलाम नगरपालिका–९ का गंगाराज मोक्तान रहेको दूतावासले जनाएको छ ।

दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको उल्लेख गरिएको छ।

 

  • न्युज बहार संवाददाता

थप