Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने।

  •   ४ वर्ष अघि | १७ चैत्र २०७९, शुक्रबार

चैत १७, काठमाडौँ। आपराधिक अभियोगमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध मुद्दा चल्ने भएको छ।

द न्युयोर्क टाइम्सको समाचार अनुसार बिहीबार म्यानहटन ग्रान्ड ज्युरीले उनीविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो। अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपति जस्ता ठुला व्यक्ती माथी आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो।

पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा अनुसन्धान भएको थियो।

सोही अनुसन्धान अनुसार ट्रम्पमाथि अरू के-के मुद्दामा अभियोग लगाइएको छ भन्नेबारे विस्तृत खुलिसकेको छैन।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले ठुलै धक्का लाग्न सक्ने अनुमान गरिएको छ।

ट्रम्पले अब स्वंयम अदालतसमक्ष आत्मसमर्पण गर्ने अपेक्षा पनि गरिएको छ भने उनी आगामी मंगलबार अदालती प्रक्रियाका लागि अदालतमा पुग्ने जानकारी गराइएको छ।

आत्मसमर्पण नगरे उनलाई पक्राउ गरिने छ। तर पूर्वराष्ट्रपति भएकाले पक्राउ गर्न पर्दा उनलाई हतकडी लगाउने वा नलगाउने भन्ने बारेमा टुंगो लागेको छैन।

यता पूर्वराष्ट्रपति ट्रम्पले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन। यो सबै पछिल्लो घटनाक्रमलाई उनले उग्र डेमोक्र्याटहरूको योजना भएको र आफूलाई फसाउने षडयन्त्र भएको बताएका छन्।

  • न्युज बहार संवाददाता

थप