Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल एयरलाइन्स जहाज इजरायल जाने

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

असोज २४, काठमाडौँ । आज द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले जहाज पठाउने भएको छ । आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार राति इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि काठमाडौँबाट वाइडबडी ए३३० जहाज इजरायल प्रस्थान गर्ने भएकोहो । काठमाडौँबाट इजरायलका लागी उडेको १५ घण्टामा जाहाज पुन काठमाडौँ फिर्ता हुने जनाइएको छ ।

यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिकाले जनाएको छ ।

जहाज दुबईस्थित विमानस्थलमा ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा अवतरण गर्नेछ । त्यसपछी यो जहाज दुबईबाट स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उडेर ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्ने एयरलाइन्स स्रोतल  जनाएको छ ।

पुर्व अनुमानित समय तालिका अनुसार इजरायलबाट स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई आइपुगी दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उडेर स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

  • न्युज बहार संवाददाता

थप