Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या।

  •   ३ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार

बैशाख ३, भारत । भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ। प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको टाइम्स अफ इन्डियाले उल्लेख गरिएको छ।

अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो भने अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्तका आरोप लागेको थियो।

हिरासतमा रहेका उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्‍याएको थियो तर अस्पताल छिर्ने क्रममा संवाददाताहरूले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए। जवाफ दिइरहेकै बेला अतिकमाथि अज्ञात टोलीले गोली हानिएको दृश्य टेलिभिजन क्यामरामा कैद भएको देख्न सकिन्छ।

अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए। उनीहरूसहित एक जना अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।

  • न्युज बहार संवाददाता

थप