असार ३१, काठमाडौँ। भारी वर्षापछि दक्षिण कोरियामा आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।
देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको समाचार संस्था एएफपीले जनाएको छ।
आइतबार बिहान दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुको एउटा अन्डरपासबाट ७ जना मानिसको शव निकालिएको छ।
पानी भरिएपछि अन्डरपासमा एउटा बससहित १५ वटा जति सवारी साधन डुबेका थिए।
अधिकारीहरूले उक्त अन्डरपासमा अन्य धेरै मानिसहरू फसेको हुनसक्ने बताएका छन्।
अहिले उनीहरूको खोजी र उद्धारको कार्य भइरहेको छ।