असार १७,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले सोमबार देशभर साधारणतया देखि पूर्णतया
बदली रहने छ ।
आज देशका
केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
। सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका
थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यसैगरी
गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा अती भारी वर्षाको पनि
सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता