भदौ ११, काठमाडौँ । अहिले देशभर पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहि देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने छ भने सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता