साउन १२, काठमाडौँ । देशभर अहिले मनसुनी प्रभाव रहीरहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मनसुनी प्रभावले अहिले आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ
- न्युज बहार संवाददाता