फागुन
१८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी बायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागमा मौसम सफा रहने महाशाकाले जनाएको छ।
आज
दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा
आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । साथै यी
प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना समेत रहेको छ।
आज राति भने
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
रहेको छ। साथै यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता