असार २६, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहीरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले यसको प्रभावले अहिले मधेस प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।
आज मंगलबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज मंगलबार राति भने सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यसैगरी आज विभिन्न प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाको पुर्वानुमान रहेको छ।
- न्युज बहार संवाददाता