फागुन
१६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून
चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशका पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।
आज बुधबार
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने र
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
त्यस्तै आज
राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ भने देशका
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता