चैत २, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको
साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी
भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
आज शुक्रबार
दिउँसो देशको पहाडी भूभाग लगायत सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी
भूभागमा मौसम सफा रहने छ भने देशको हिमाली तथा उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ ।
त्यसैगरी
आज राति लुम्बिनी र बाग्मती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। केही हिमाली तथा उच्च पहाडी भूभागमा
हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता