माघ २५, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा
रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो
र राती गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा
मौसम सफा रहनेछ भने यी दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता