भदौ ३१, काठमाडौँ
। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल नेपालमा
भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम लगायत बाँकी
प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
देशभर आज दिउँसो आंशिक देखि सामान्य बदली रहनेछ भने कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता