असार २, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका हनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको
प्रभाव र देशको बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार
आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले अहिले मधेस प्रदेश
र कोशी प्रदेश आंशिक बदली देखि कोशी प्रदेशका केही स्थानहरूमा तथा
मधेस प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको
छ ।
आज आइतबार
दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी
प्रदेशमा आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश कोशी प्रदेश
र बागमती प्रदेशका
केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज
राति मधेस प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश लगायतका पहाडी
भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम
वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता