साउन १९, काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभावका रहेको छ । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
त्यसैगरी आज राति देशका धेरैजसो पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै महाशाखाले तराई भू-भागको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको जनाएको छ।
- न्युज बहार संवाददाता