साउन २३, काठमाडौँ । अहिले काठमाडौँ उपत्यकाका भारी वर्षा भइरहेको छ । लगातार परेको वर्षाका कारण नदी र खोलाहरुमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाका सुन्दरीजल, बुढानीलकण्ठ, नगरकोट र आसपासमा भारी वर्षा भएको छ । वर्षाका कारण धोबीखोला, विष्णुमती, मनोहरा लगायतमा जलसतह बढ्दै गएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त खोलामा पानिको तह बाढीको सतह सतर्कता तहसम्म पुगेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ११ बजेसम्म नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने र किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता