कार्तिक
५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिक देखि
सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज गण्डकी
प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ
गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने यी तिन प्रदेशको उच्च
पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले
जनाएको छ ।
- न्युज बहार संवाददाता