पुस ८, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश
र बागमती प्रदेशको
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी
प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि
सम्भावना रहेको छ ।
त्यस्तै आज
राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक
बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
- न्युज बहार संवाददाता