बैशाख १८,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय
वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागमा मौसम सफा रहेको छ।
आज
मंगलबरा दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनुका साथै कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ।
कोशी
प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी
भूभागको थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना समेत रहेको छ।
आज राति पनि माथी उल्लेखित चार प्रदेशका साथै बाँकी
भूभागको थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता