मंसिर
२०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा आन्द्र प्रदेश
आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल मधेस
प्रदेश र कोशी प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिक देखि
सामान्य बदली रहेको छ भने बाँकी भुभागमा मौसम सफा रहेको छ ।
आज बुधबार
दिउँसो बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत
सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना पनि देखिएको छ ।
त्यसैगरी
आज राति गण्डकी प्रदेश, बागमती प्रदेश ,
मधेस प्रदेश
र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि
मौसम सामान्यतया सफा रहनेछ। राती पनि कोशी प्रदेशका र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी
प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी
दिएको छ ।
- न्युज बहार संवाददाता