चैत ४, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी न्यून
चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक
बदली रही बाँकी भूभागमा मुख्यया मौसम सफा रहेको छ।
आज
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश
र गण्डकी
प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा
मौसम सफा रहने छ भने गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका
एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै
आज राति देशभर आंशिक बदली हुनुका साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली
भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
- न्युज बहार संवाददाता