जेठ ५, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले शनिवार देशका पहाडी भू-भागमा आंशिक
देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।
आज कर्णाली,
कोशी र गण्डकी
प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई
स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता