साउन १२, काठमाडौँ । झापा जिल्लामा आज भारी वर्षा
भएको छ ।
झापाको झापाका दमक, उर्लाबारी, शनिश्चरे र चन्द्रगढीमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो तीन घण्टायता भारी वर्षा भएको महाशाखाले आज बिहान ६ बजे सूचना जारी गर्दै उल्लेख गरेको छ ।
आज बिहान ७ बजेसम्म वर्षाका स्थानिय कारण रतुवा, बिरिङ लगायतका साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता