फागुन
२६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून
चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
यसको
प्रभावले शनिबार गण्डकी प्रदेश, कोशी प्रदेश
र बागमती प्रदेशको
पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।
त्यस्तै
आज शनिबार यी तिनै प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का
हिमपातको सम्भावना समेत रहेको महाशाकाले जनाएको छ ।
- न्युज बहार संवाददाता