असार ३०, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ। यसको प्रभावले गर्दा देशभर सामान्य देखि पूर्ण बदली रहने छ। अहिले देशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मेघ-गर्जन र चट्याङसहित सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता