बैशाख ५,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ
। यसको प्रभावले अहिले देशका केही पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहि
बाँकी भुभागमा मौसम सफा रहेको छ ।
आज बुधबार
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम
मुख्यतया सफा रहने छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश
र कोशी प्रदेशको
पहाडी भूभागको एक–दुई
स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कर्णाली प्रदेश, लुम्बिनी
प्रदेश र
सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।
त्यस्तै आज
राति गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता