बैशाख
२७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी
वायु र भारतको
बिहार आसपास बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले अहिले
देशभर आंशिक देखि साधरणतया बदली रही बागमती प्रदेश र कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
आज बिहिबार
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती
प्रदेश, मधेस प्रदेश
र कोशी प्रदेश
लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित
हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी
आज राति देशभर आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश, गण्डकी प्रदेश, बागमती
प्रदेश, मधेस प्रदेश, कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी
भूभागका एक–दुई
स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको
महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता