मंसिर
१८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको
न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
यसको
प्रभावले आज सोमबार कोशी प्रदेश, सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश
लगायत गण्डकी प्रदेशका
पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया
सफा रहने महाशाखाले जनाएको छ ।
आज कर्णाली
प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का
वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता