पुस २४, काठमाडौँ
। मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। यसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ-भागमा
मौसम सामान्यतया सफा रहेको छ भने तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको छ ।
आज
मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश
र कोशी
प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने
गण्डकी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
आज राति
भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश
तथा कोशी प्रदेशको पहाडी
भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता