Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बागमती सहित तिन प्रदेशमा वर्षाको सम्भावना

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्र साथै पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । यसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश त कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहेको छ। 

आज बिहिबार दिउँसो मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही  कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप